
मनाङ । मनाङको निस्याङ गाउँपालिका–१, क्याङ्दीमा हिम पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । अन्नपूर्ण पदयात्रामा निस्किएका धादिङका अजय ढकाल र नेदरल्याण्डका भिनसेन्ट ब्लुमको हिम पहिरोमा पुरिएर ज्यान गएको हो ।
हिउँले पुरिएको अवस्थामा ढकालको शुक्रबार साँझ र ब्लुमको शनिबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।ढकाल ट्रेकिङ गाइड हुन् ।
पोस्टमर्टमका लागि दुवै जनाको शव हेलिकप्टरबाट काठमाण्डौ लगिएको प्रहरी निरीक्षक श्रवणकुमार विकले जानकारी दिएका छन् । उपल्लो मनाङ पुगेर फर्कने क्रममा उनीहरु पहिरोमा परेको बताएईको छ ।
कमेन्ट गर्नुहोस्
