प्रचण्ड पछि देउवा र पौडेलले गरे तातोपानी कुण्डमा स्नान

Share:

म्याग्दी । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता म्याग्दी पुगेका छन् । सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न देउवासहित काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा म्याग्दी पुगेका हुन् ।

हेलिकप्टरमार्फत बेनी–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिङ्गा तातोपानी कुण्डमा पुगेको सभापति देउवासहितको टोलीले तातोपानी कुण्डको अवलोकन भम्रण गरेको छ ।नेताहरुले कुण्डको अवलोकनसँगै स्नानसमेत गरेका छन् ।

उच्च पदस्थ व्यक्तिको तातोपानी क्षेत्रको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पु¥याएको कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए ।तातोपानीमा नेताहरुलाई कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले कुण्डको अवस्था र महत्वका बारेमा जानकारी गराएका थिए ।

उनीहरुलाई कुण्ड व्यवस्थापन समिति र स्थानीयवासीले स्वागत समेत गरेका थिए । यस अघि नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि तातोपानी कुण्डमा स्नान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: