तेस्राे लिंगीले ‘मेडिकल प्रुफ’ पछि मात्रै नागरिकता पाउने

466
0
Share:

काठमाडौं । नेपालको कुनै एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सरेका नेपाली नागरिकले हालको ठेगानाबाट पनि नागरिकता पाउने भएका छन् ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ मा नेपालको कुनै एक ठाउँबाट अर्को ठाउँमा बसाईँ सरेका नागरिकले हालको ठेगानाबाट पनि नागरिकता पाउने व्यवस्था गरिएको हो ।

पुरानो नागरिकता खिची नयाँ ठेगानाबाट स्थानीय प्रशासनले नागरिकता दिने व्यवस्था विधेयकमा गरिएको संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

समितिको आइतबारको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै समितिका सदस्यहरुले तेस्रो लिंगीले पनि नागरिक पाउनुपर्ने व्यवस्था ऐनमै गर्न सरकारसँग माग गरेका थिए ।

समितिका सदस्य जनार्दन शर्माले तेस्रो लिंगीलाई नागरिकता पाउने व्यवस्था ऐनमै गर्नुपर्ने बताए । उनले तेस्रोलिंगी रहर नभई बाध्यता भएको उल्लेख गर्देैै त्यसका लागि नागरिकता दिने कानुनी व्यवस्था गर्नुपर्ने माग गरे ।

यता, गृह सचिव प्रेमकुमार राईले भने तेस्रो लिंगीलाई चिकित्सकहरुले प्रमाणित गरेपछि मात्रै नागरिकता दिने व्यवस्था गर्ने स्पष्ट पारे । उनले प्रमाणित नभई तेस्रो लिंगी भन्न नमिल्ने भएकाले चिकित्सकहरुले उनीहरुलाई प्रमाणित गरेपछि मात्रै नागरिक दिने व्यवस्था गर्न लागिएको बताए ।

विधेयकमा तेस्रोलिंगीलाई पनि नागरिकता दिने व्यवस्था गरिए पनि उनीहरु तेस्रो लिंगी भए–नभएको छुटट्याउने आधार पेश गरिएको छैन । सचिव राईले तेस्रोलिंगीलाई नागरिकता दिँदा उनीहरु तेस्रो लिंगी हुन÷होइनन् भन्ने प्रमाण आवश्यक हुने पनि स्पष्ट पारे ।

कमेन्ट गर्नुहोस्
Share: