
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका-६ सार्की चौतारीमा यात्रु बोकेको ट्याक्टर पल्टिँदा एकको मृत्यु भएको छ । त्यस्तै ६ जना घाइते भएका छन्।
मृत्यु हुनेमा ऋषिङ-५ की ३५ वर्षीया माया राना रहेको प्रहरीले जानकारी दिएको छ। टयाक्टरमा विवाहको भोज खाएर फर्किदै गरेका जन्ती सवार थिए। घाइतेमध्ये दुईको अवस्था गम्भीर छ।
ऋषिङ ७ ओख्लेबाट ऋषिङ-५ सपाङदीतर्फ गइरहेको ग १ त ५३१० नम्बरको ट्याक्टर अत्यधिक गतिका कारण दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ।दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिब ३० मिटर तल खसेको छ। दुर्घटनामा चालकसमेत गम्भीर घाइते छन्।
घाइतेलाई प्रहरी र स्थानीयले उद्धार गरेर पोखरा उपचारका लागि ल्याईएको छ। घाइतेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईहेको बताईएको छ।
तस्बिर : पवन पौडेल
