
विराटनगर । नेपाली कांग्रेस्रका सभापति शेरबहादुर देउवाले विप्लव समूहलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयको समर्थन गरेका छन् । अब विप्लव समूहलाई कानुन अनुसार कारवाही गर्नुपर्ने उनको भनाई छ ।
आज बिहान विराटनगर बिमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले हिंसात्मक गतिविधी गर्नेलाई प्रतिबन्ध लगाउने निर्णय उपयुक्त भएको उल्लेख गरे ।
‘विप्लवले आतंक फैलाउने काम गरेको छ, हाम्रै साथीहरुमाथि पनि आक्रमण भयो’ उनले भने, ‘प्रतिबन्ध मात्रै होइन, कारबाही हुनुपर्छ ।’
हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले मंगलबार विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो ।
कमेन्ट गर्नुहोस्
