काँग्रेसको हरिबिजोग ! ३ वर्ष अघि स्वर्गे शुशिल कोइराला पछि दस्तखत गर्ने पनि भएनन्

Share:

नेपाली काँग्रेस बलियो प्रतिपक्षी हो । तर, सरकारका कमीकमजोरीमा समेत काँग्रेसले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको आरोप लागेकै हो । अर्को महाधिवेशन आउन लागिसक्यो, विधान अनुसार विभिन्न समितिले पूर्णता पाउन नसकेको यथार्थ हो ।

हुँदाहुँदा, पार्टी सदस्यतापत्र समेत स्वर्गीय शुशिल कोइरालाले बाँड्नुपरेको छ भन्दै सामाजिक सञ्जालमा कटाक्ष सुरु भएको छ । तीन वर्ष अघि नै निधन भएका पूर्वसभापति शुशिल कोईरालाकै नाम र दस्तखत रहेको सदस्यतापत्र हिजो २०७५ चैत १ गते बाँडिरहेको फेला परेको छ ।

कांग्रेस केन्द्रीय कार्यालय, ललितपुरले शुक्रबार कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मायादेवी गाउँपालिका ७ का बालाजी प्रसाद चौधरीलाई प्रदान गरेको सदस्यतापत्रमा पूर्वप्रधानमन्त्री समेत रहेका स्व.कोइरालाको हस्ताक्षर छ । यसैको तस्विर लिएर सामाजिक सञ्जालमा भाइरल बनेको छ । कमेन्टमा धेरैले लेखेका छन् ‘हेर हरिविजोक ! काँग्रेस समयानुसार अपडेट हुने कहिले ?’

कोइरालाको २०७२ माघ २६ गते काठमाण्डौको महाराजगञ्ज स्थित निवासमा निधन भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: