मोटाउन मन छ ? यी १० उपाय अपनाउनुहोस्

Share:

‘ठूलो हावा आयो भने त उडाउला’, ‘ज्यानै यस्तो छ यसले के गरिखाला’ दुब्लो भएकै कारण तपाईंलाई यस्तो भनिएको हुन् सक्छ  । वजन बढाउन के गर्ने ? जीवनशैलीमा सामान्य परिवर्तन ल्याउँदा मोटाउने चाहना पूरा पनि हुन्छ :

१. बिहान योग गर्नुहोस्। सामान्य शारीरिक अभ्यास पनि गर्नुहोस् । यसले भोक बढाउँछ । ‘एक्सरसाइजको विकल्प ‘मर्निङवाक’ पनि हुन सक्छ । स्वच्छ हावाले ‘मेटाबोलिज्म’ बढाउँछ ।

२. ‘ब्रेकफास्ट’मा दूध, दही, घिउको बढी प्रयोग गर्नुहोस् । यसले तपाईंलाई स्वस्थ मात्र राख्दैन, वजन बढाउन पनि सहयोग गर्छ । खानामा दाल, माछामासु, अन्डालगायतका प्रोटिनयुक्त खानेकुरा खानुहोस् ।

३. राति किसमिस भिजाएर सुत्नुहोस् । बिहान सबेरै त्यो भिजाइएको किसमिस खानुहोस् । दुई/तीन महिनामा तपाईंको वजन बढ्छ । केरालाई सम्पूर्ण आहार मानिन्छ । दैनिक तीन–चारवटा केरा खाँदा वजन बढ्छ ।

४. तरकारीमा वा खानामा आलुको मात्रा पनि बढाउनुहोस् । यसबाट प्रशस्त कार्बोहाइड्रेट पाइन्छ । यसले अत्यन्त छिटो वजन बढाउन सहयोग गर्छ ।

५. केही दिनसम्म नरिवलको तेलमा पकाइएका खानेकुरालाई महत्त्व दिनुहोस् । नरिवलको तेलले दुब्लोपनाको समस्या हटाउन सहयोग गर्छ ।

६. दुग्ध ‘प्रोडक्ट्स’ दही, पनिरमा ‘फ्याट्टी एसिड’मात्र होइन, अत्यन्त राम्रो मात्रामा क्यालोरी पनि पाइन्छ । फरक–फरक तरिकामा यी खाद्यान्नको धेरैजसो प्रयोग गर्नुहोस् ।

७. शरीरको तौल बढाउन चिया, कफी, रक्सी, सिगरेटजस्ता अम्मलबाट पनि टाढा रहन जरुरी छ ।

८. निद्राले शरीरको तौल बढाउन अत्यन्त ठूलो भूमिका खेल्छ । दैनिक सात/आठ घन्टा मीठो निद्रा सुत्नुहोस् । चिन्ता लिन छाड्नुहोस् ।

९. खजुर वा छोकडालाई दूधमा उमाल्नुहोस् । राति सुत्नुभन्दा पहिले राम्रोसँग चबाएर खानुहोस् । दूध पिउनुहोस् । दुई/तीन महिनामा नै तपाईंको समस्या समाधान हुन्छ ।

१०. कब्जियत, अपच तथा अन्य समस्या छन् भने चिकित्सकसँग सम्पर्क गर्नुहोस् । कहिलेकाहीँ यस्ता रोगका कारण पनि वजन कम भइरहेको हुन सक्छ ।

कमेन्ट गर्नुहोस्
Share: