
पोखरा १८ सराङकोट स्थित जामुनाबोटमा रातारात सुकुम्बासी बस्ती बसाल्ने प्रयास गरेका ५७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राष्ट्रिय विभुति तथा स्मृती पार्क निमार्ण गर्ने भनिएको उक्त जग्गामा आईतबार रातारात जग्गा हडप्ने प्रयास भएको थियो । कास्कीका प्रहरी प्रमुख एसपी ओम रानाले भोजराज त्रिपाठीको नेतृत्वमा विभिन्न जिल्लाबाट पोखरामा आई बसोबास गरेका मजदुरहरु सुकुम्बासी बस्ती बसाल्ने भन्दै पुगेको जानकारी दिए ।
५७ मध्ये ४७ जनालाई तत्काल छाडिएको र १० जनालाई उक्त घटनाको बारेमा अनुसन्धान गर्नको लागि आफ्नो नियन्त्रणमा राखिएको उनले जनाए । त्रिपाठीले यस अघि पनि सराङकोट क्षेत्रका सार्वजनीक तथा प्रति जग्गा अतिक्रमण गर्दै वडा अध्यक्ष रणबहादुर थापाले बताएका छन् । रातारात सुकुम्बासी बस्ती खडा गर्न लागेपछि स्थानीयले नै प्रहरीलाई खबर गरेका थिए । पोखरापत्र दैनिकले समाचार छापेको छ ।
