चिप्लेढुंगा अगाडि कै घरधनीले पो बनाएछन् ढुंगा पहेंलै, ‘राम्रो बनाउन खोजेको’

Share:

पोखरा । सामाजिक सञ्जालमा पोखरेलीबीच चर्चाको विषय बन्यो चिप्लेढुंगामा कसले पोत्यो पहेंलो रंग ? रंग लगाउने व्यक्ति कुनै संघसंस्था नभई ढुंगा अगाडिकै घरको धनी रहेको खुलेको छ ।

ढुंगा अगाडिकै घरको धनी यौ माया गुरुङ्गले आफूले ढुंगालाई राम्रो बनाउन रंग लगाएको प्रतिक्रिया दिएकी छिन् । महानगर समेत बेखबर बनेको थियो । यसको संरक्षणमा लायन्सहरु लागेकाले लायन्स क्लबको काम नै हो कि ? भनेर आशंका समेत व्यक्त गरिएको थियो ।

लायन्स क्लब अफ हेम्जा संरक्षण बर्ष २०१७–१८ का अध्यक्ष नवराज त्रिपाठीले आफुहरुले ढुंगा संरक्षण गर्ने हेतुले ढुङ्गाममा बार लगाएको भए पनि प्राकृतिक स्वरुप विगारेर रंग नलएको स्पष्ट पारिसकेका छन् ।

यसबारेमा महानगरका प्रमुख मान बहादुर जिसीले यसबारे आफूलाई पनि थाहा नभएको बताएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: