एमाले कास्कीले भदौ २८ गते सन्देश सभा गर्ने

Share:

पोखरा, २५ भदौ। नेकपा एमाले कास्कीले पोखरामा भदौ २८ गते शनिवार सन्देश सभा गर्ने भएको छ। एमालेको नवौ महाधिवेशनका विशेषता, भएका उपलब्धि र निर्णयहरु कार्यकर्तालाई जानकारीदिन राजधानी बाहिर पोखरामा पहिलो पटक सन्देश सभा गर्न लागिएको हो। नेकपा एमाले कास्कीको भदौ १८ गते सम्पन्न बैठकले सन्देश सभा गर्ने निर्णय गरेको थियो।

पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा सभालाई एमालेका केन्द्रीय अध्यक्ष के.पी शर्मा ओली, उपाध्यक्षद्वय बामदेव गौतम र भिम रावलले सम्वोधन गर्ने एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए।

कार्यक्रममा पोखराका व्यवसायी हरि पाण्डेले आफ्नो व्यवसायीक अनुभव पनि राख्ने बताइएको छ। पोखराको नयाबजारस्थित तमुधि नेपालमा गर्न लागिएको सभामा कास्की जिल्लाका झण्डै तीन हजार कार्यकर्ताको सहभागिता रहने दावी गरिएको छ।

कार्यक्रम भण्डै तीन घण्टाको हुने र नेताहरुलाई मन्तव्य राख्नका लागि समयसिमा तोकिने बताइएको छ। पत्रकार सम्मेलनमा बोल्दै एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जनताको बहुदलिय जनवादप्रतिको स्पष्ट दृष्टिकोण र राजनीति क्रान्तिपछि समृद्व मुलुक निर्माण गर्ने विषय महाधिवेशनको मुख्य उपलव्धी भएको उल्लेख गरे। पत्रकार सम्मेलनमा एमाले कास्कीका सचिव दामोदर बैरागीले पनि बोलेका थिए।

कमेन्ट गर्नुहोस्
Share: