छाडा शब्दमा अश्लील अन्तर्वार्ता गर्ने फुलचोकी मिडियाका राजकुमार कुँवर, लक्ष्मी तामाङ र परी तामाङ पक्राउ, प्रदीप सिंह थापा बाँकी

1977
0
Share:

काठमाडौँ । धेरै वर्ष अघिदेखि फुलचोकी मिडिया नामबाट अश्लील भिडियो र छाडा अन्तर्वार्ता गर्ने टीम नै पक्राउ परेका छन् ।  एक जना अझै बाँकी छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले फुल्चोकी मिडिया गुप्रका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र अन्तर्वार्ता दिने मोडल भनिएकी परी तामाङलाई नियन्त्रणमा लिएको हो। यौन भिडियो बाहिरिएपछि गोप्य अंग देखाउँदै परी पछिल्लो समय युट्युबेको अन्तर्वार्ताहरुमा देखिएकी थिईन् ।

उनीहरुले मस्ती टक कार्यक्रम भन्दै सामाजिक सञ्जालमा अमर्यादित, अश्लील, उत्तेजित कार्यक्रम संचालन गरेको गुनासो ब्याप्त थियो । यही विषयमा उजुरी आएपछि मङ्गलबार कलङ्कीबाट नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

उनीहरूलाई साइबर अपराध अनुसार कारबाही अगाडी बढाउने डिएसपी बोगटीले बताए। सामाजिक सञ्जाल युट्युबमार्फत सामाजिक मर्यादामा खलल पुर्‍याउने सामग्री र उत्तेजक अन्तरवार्ता दिँदै आएकोमा चर्को विरोध हुँदै आएको थियो ।

सोहि मिडियाबाट अश्लिल अन्तर्वार्ता गर्ने प्रदीप सिंह थापाप्रति पनि सर्वसाधारणको आपत्ति छ ।

कमेन्ट गर्नुहोस्
Share: