
भारत । छिमेकी मुलुक भारतको एक बोर्डिङ्ग स्कूलमा १२ वर्षका बालकको निर्मम हत्या भएको खुल्न आएको छ ।
टाइम्स अफ इन्डियामा छापिएको खबर अनुसार देहरादूनको एक बोर्डिङ्ग स्कूलमा १२ वर्षका बालकका उनका दुई सिनियर विद्यार्थीले क्रिकेटको ब्याट तथा विकेटले हिर्काएर हत्या गरेका हुन् । घटना गत मार्च ११ को हो ।
देहरादूनमा केही महिनाअघि एक बालिकामाथि बलात्कार भएको घटना सार्वजानिक भएको थियो । अहिले स्कूलमै विद्यार्थीको हत्या भएको हो । हत्याको एक दिनपछि मात्र प्रहरीले सूचना पाएको थियो ।
स्कूल प्रशासनले कसैलाई जानकारी नै नदिई स्कूल परिषरमा शव गाडेको थियो । स्कूल प्रशासनले बालकका अभिभावकलाई पनि जानकारी गराएको थिएन ।
कक्षा १२ मा अध्ययनरत दुई छात्राले आक्रमण गरेका हुन् । बिस्कुटको एक प्याकेटका बारेमा सुरु भएको विवादको अन्त्य बालकको हत्यासम्म पुगेको हो ।
