
पोखरा, २७ भदौ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले एकेडेमीलाई विकेन्द्रिकरण गर्न आफू सधै लागि पर्ने प्रतिवद्धता जनाए छन् । देशमा गणतन्त्र आएपनि एकेडेमी केन्द्रिकृत मात्रै भएको छ पोखरामा सम्मानित भएपछि उनले भने– नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल लालितकला प्रज्ञा प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानलाई विकेन्द्रिकरण गर्न जरुरी छ ।
तीन एकेडेमी मध्ये एउटा काठमाण्डौ, एउटा पोखरा र एउटा तराई तिर राखेमा वल्ल गणतन्त्रको आभाष हुने उनको भनाई थियो । उनले आफू उपकुलपतिमा रहेर काम गर्दा सवैलाई समेटेर लैजाने प्रतिवद्धता जनाए । म नियुक्ति हुने क्रममा महिले नै भनेको थिए कि सवै राजनितिक पार्टीले मलाई स्विकारेमा मात्रै म कुलपति हुन्छ भनेको थिए उनले भने– सवैको सर्मथले म कुलपति भएको छु सवैलाई समेटेर लैजाने छु ।
प्रतिष्ठानमा राजनिति गन्ध आउन नदिई तटस्थ रुपमा आफूले काम गर्ने उनको भनाई थियो । महिले पहिलो वैठकमा नै सवैलाई प्रतिष्ठानमा राजनितिक प्रवेश नगराउन आग्रह गरेको छु– उनले भने। उनले आफू समस्याग्रस्थ अवस्थामा कुलपतिको जिम्वेवारी सम्हालेको बताउदै आफूले काम गर्न नसकेको पदमा पदलुप्त भएर वसि नरहने पनि स्पष्ट पारे ।
संस्कृतिकर्मी तीर्थ श्रष्ठले कुलपति नियुक्तले काठमाण्डौ वादलाई झटारो हानेको बताए। कुलपति नियुक्त गर्दा काठमाण्डौ वाहिरकोलाई नियुक्त गरिदैनथ्यो उनले भने– यो नियुक्तले काठमाण्डौ वादलाई चुनौती दिएको छ । आफ्नो ठाउमा जसले मरेर काम गर्छ त्यसले राजधानि वादलाई चुनौती दिन्छ भन्ने प्रमाण यो नियुक्तिले देखाएको उनको भनाई थियो ।
उनले एकेडेमीलाई राजनिति अखडा वनाएको भन्दै एकेडेमीको कानुन परिमार्जित गर्नु पर्ने बताए । म उहाँहरु सगै पोखरामा केहि पनि माग्दिन उनले भने– हामीले लगाएको माला र दोसल्ला खेरा गएको महशुश गर्नू नपरोस् । उनले पोखराका मान्छे देशले पाए राम्रको काम गरेर देखाउन सक्ने रहेछन् भन्ने सन्देश सुन्न पाए यहि नै पोखराको गर्वको विषय वन्ने बताए ।
पुनरावेदन अदालतका न्यायाधिश डिल्लिराज आचार्यले यो नियुक्तले पोखरालाई न्याय भएको बताए । पोखरा साहित्य कला र संगितको उर्भर भूमि हो उनले भने– यदि हुदा हुदै पनि पोखराले केहि पाएको थिएन, तर अहिलेको नियुक्तिले पोखरालाई राज्यले केहि न्याय गरेको आभाष भएको छ ।पश्चिमाञ्चल क्षेत्रिय प्रशाशक दिनेशकुमार थपलियाले निष्ठापूर्वक कुनै क्षेत्रमा लागेमा कुनै ठाउमा सम्मान हुन्छ भन्ने एक उदाहरण यो नियुक्तिले झल्काएको बताए।
नियुक्ति व्यक्तिहरु अव राष्ट्रको भएको बताउदै उनले राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धि बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्न सुझाव दिए । संगित प्रशिक्षण केन्द्र पोखराका अध्यक्ष सुरेन्द्रमान विजुक्छेले नियुक्ति पोखराको लागि गर्वको विषय भएको बताए ।
पोखराका आठ संस्थाले साहित्यकार सरुभक्त, विम्वकवि रमेश श्रेष्ठ र रंगकर्मी प्रकाश घिमिरेलाई वधाई तथा सम्मान गरेको छ । उनिहरु क्रमश नेपाल संगीत तथा नाट्या प्रज्ञा प्रतिष्ठानका कुलपति, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्रज्ञा परिषद सदस्य र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभा सदस्यमा नियुक्ति भएकोमा पोखराका आठ संस्थाले बधाई तथा सम्मान गरेको हो ।
यसरी संयुक्त रुपमा वधाई तथा सम्मान गर्नेमा पोखरेली युवा साँस्कृतिक परिवार, साहित्यकार सरुभक्त सरोकार केन्द्र, हिमाली साँस्कृतिक परिवार, संगित प्रशिक्षण केन्द्र, ¥याण्डम रिडर्स सोसाईटी, अलिमिया लोक वाङ्मय प्रतिष्ठान सिर्जनशिल कलाकार समूह र भैसव साँस्कृतिक संरक्षण समिति रहेका छन् । उनहिरुलाई बधाई पत्र, दोसल्ला र माला लगाई बधाई तथा सम्मान गरिएको थियो । उनिहरुलाई बधाई दिनका लागि पोखराका विभिन्न संघ संस्था प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरु समेत पुगेका थिए । पोखराको लागि गर्भको कुरा भएको भन्दै उनिहरुलाई बधाई दिन जाने विभिन्न संघ संस्थाका प्रतिनिधि, विशिष्ट व्यक्तित्व तथा शुभेच्छुकहरु लाईनमा नै वसेर वधाई दिएका थिए ।
अलिमियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङले स्वागत र पोखरेली युवा साँस्कृतिक परिवारकी अध्यक्ष सरस्वती प्रतिक्षाले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।
