
पोखरा, २९ भाद्र/ सभासद् एवं नेकपा एमालेका नेता रविन्द्र अधिकारीले आफु कुनै खाले कमिसनमा नलागेको प्रस्ट परेका छन् । गन्थन डटकमसगँ कुरा गर्दै सभासद् अधिकारीले पोखरा विमान स्थलको ठेक्का सम्झौतामा कमिसनको खेल भएको भन्ने बारेमा आए समाचारमा कुनै सत्यता नभएको बताएका छन् ।
उनले कसैले मेरो बारेमा भ्रम छर्नका लागी त्यस्तो समाचार लेखेको हुन सक्ने बताए । संसदिय विकास समितिका संयोजक समेत रहेका अधिकारीले कमिसन लिएको बारेमा कुनै सत्यता नभएको बताउदै सबैलाई भ्रममा नपने समेत आग्रह गरेका छन् । पोखरा विमान स्थलको निमार्ण कागजी काम पर्यटन मन्त्री नयाँ आउदैमा कुनै फरक नपर्ने बताउदै जहाँ पुगेको छ त्यहीबाट शुरु हुने बताए । मन्त्री परिर्वतन हुदै पोखरा विमान स्थल निमार्णका काममा केही फरक नपर्ने बताउदै अधिकारीेले छिटै काम अगाडी बढ्ने बताए ।
