सहारा खेलकुद पुरस्कारबाट पत्रकार तिमिल्सिना सम्मानित

Share:

बिग न्युज पोखरा, ३० भदौ / सहारा खेलकुद पत्रकारीता पुरस्कार २०७१ बाट पत्रकार सागरराज तिमिल्सिना सम्मानित भएका छन् । सहारा क्लबले संस्थाको १६ औं वार्षिकोत्सव एवं साधरण सभाको अवसर पारि तिमिल्सिनालाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलिया, सहारा क्लवका अध्यक्ष विरभद्र आर्चाय र पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले सम्मापनत्र, दोसल्ला र नगद ११ हजार एक सय ११ रुपैयाँ सहित उनलाई सम्मान गरेका थिए । सम्मानित पत्रकार तिमिल्सिना एभिन्यूज टेलिभिजन र गनथन डटकमसँग आबद्ध छन् ।

आत्मा साँक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं भन्ने उद्येश्यद्धारा स्थापित सहारा क्लब पोखराले प्रत्येक वर्ष कास्की जिल्लालाई कर्मथलो बनाई कम्तिमा ३ वर्ष निरन्तर खेलकुदको विटमा आफ्नो समाचार मार्फत महत्वपुर्ण भुमिका खेलि खेलकुदको विकास योगदान पु¥याएका पत्रकारलाई सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मान गदै आएको छ । यअधि सो पुरस्कारबाट पत्रकार कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, प्रेमनारायण न्यौपाने, राम गुरुङ, दिनाथ बराल, प्रदिप पौडेल र एकराज गिरी सम्मानित भैसकेका छन् ।

कार्यक्रममा सम्मानित पत्रकार सागरराज तिमिल्सिनाले पुरस्कराले आफुलाई पत्रकारीता क्षेत्रमा लाग्न थप हौसला मिलेको बताए । उनले पत्रकारीता पेशाबाट करिब विस्थापित हुने अवस्थामा पुगेका बेला प्राप्त पुरस्कारले यहि क्षेत्रमा निरन्तरताका लागि प्रोत्साहन गरेको बताए ।

gggg

कार्यक्रममा सहारा क्लबका सल्लाहकार परिषदका सभपाति विक्रम थकाली, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, पोखरा उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष मिनराज काफले, सहारा क्वलका प्रथम उपाध्यक्ष केशवराज वराल लगायलते बोलेका थिए ।

साथै सहारा क्लब पोखराको वृद्धि विकासमा महत्वपुर्ण योगदान पुयाएको भन्दै यज्ञप्रसाद रिमाललाई ‘सहारा उत्कृष्ट सदस्य पुरस्कार २०७१’ बाट सम्मान गरेको छ । सोही कार्यक्रममा सहारा क्लवका आजीवन सदस्य दिलिपराज श्रेष्ठ पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा निवाचित भएको भन्दै सम्मान समेत गरेको थियो । क्लबका अध्यक्ष विरभद्र आर्चायले माला र खादा लगाएर सम्मान गरेका थिए । महासचिव केशवबहादुर थापाले क्लवको बार्षिक गतिविधि सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Photo: Gita Rana Magar

कमेन्ट गर्नुहोस्
Share: