
गोरखा । २०७२ सालको महाभूकम्पको स्मृतिमा आउँदो बैशाख १२ गते बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइने भएको छ ।
२०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको स्मृतिमा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै सो दिन गाउँपालिका स्थित सरकारी एवं सार्वजनिक कार्यालय र शैक्षिक संस्थाहरु बिदा हुने जनाएको छ ।
यही चैत २३ गते बसेको गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । गोरखा भूकम्पबाट बारपाक सुलिकोट गाउँपालिकामा मात्र १ सय ३९ जनाको मृत्यु भएको थियो ।
File Photo
कमेन्ट गर्नुहोस्
