रुपा गाँउपालिकामा चट्याङ लागेर ३ जना घाइते

Share:

चैत २६, पोखरा । कास्कीको रुपा गाँउपालिकामा चट्याङ लागेर ३ जना घाइते भएका छन् । मंगलबार रुपा गाउँपालिका ५ काफ्ले डाँडाका पुष्प कुमालको घर नजिकै रहेको पिपलको रुखमा चट्याङ परेको हो ।

चट्याङले कुमालको घरको मिटर बक्स पड्कन जाँदा घरमा बसी रहेका ३ जना व्यक्तिहरु घाइते भएका हुन् । घाईतेहरुलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पतालमा पोखरा र गण्डकी मेडिकल कलेज पोखरा ल्याइएको छ । प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: