
पोखरा । गण्डकी प्रदेश सरकारले बारा र पर्साका हावाहुरीपीडितलाई १ करोड आर्थिक सहयोग गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पीडित परिवारका लागि आवास निर्माणमा सहयोग गर्न सहयोग गर्ने निर्णय गरेको हो ।
आवास निर्माणका लागि प्रदेश २ सरकारको खातामा रकम उपलब्ध गराउने गरी निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपत व्यवस्थापन कोषबाट आर्थिक सहयोग गर्ने प्रस्ताव मन्त्रिपरिषद बैठकमा पेश गरेको थियो।
यसैगरी मन्त्री परिषद्को बैठकले बैशाख ७ गते हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयलमा सिफारिस गर्ने निर्णय पनि गरेको छ।
यीसँगै व्यवस्थापन परीक्षण निर्देशिका पारितलगायतका ७ वटा निर्णय बिहीबारको मन्त्री परिषदको बैठकले गरेको थियो।
