पोखरा सृजनाचोकमा दुर्घटनाः बाइक चालकको टाउको सिसामा ठोक्कियो, बस चालकले मापसे गरेको पुष्टि

Share:

पोखराको सिर्जनाचोकमा केहीबेर अघि दुर्घटना हुँदा मोटरसाइकल चालक घाईते भएका छन् । पोखरामा चल्ने ग १ ख८१२६ नम्बरको नगरबस र ग १४ प ८२ १६ नम्बरको मोटरसाइकल ठक्कर खाँदा बाइक चालक घाईते भएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार दुई सवारी ठक्कर खाँदा बाइक चालक जम्प भएर गाडीको अगाडिको सिसामा टाउको ठोक्किएको थियो । उनको परिचय खुलेको छैन । तत्काल मेट्रो सिटी हस्पिटल लगिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, कन्ट्रोलले बस चालकले मापसे गरेको बताएको छ । थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ । दुवै सवारी प्रहरीले नियन्त्रणमा लिएको छ ।

जानकारका अनुसार बस चालकले बराम्बरा यस्तो लापरबाही गरिरहेका छन् । यसअघि ३-४ पटकसम्म यसरी दुर्घटना गराएको बताईन्छ । उनको नाम पनि प्रहरीले दिएको छैन । अनुन्धानकै क्रममा रहेको जनाएको छ ।

 

तस्वीरः क्षितिज आचार्य

कमेन्ट गर्नुहोस्
Share: