प्रध्यापकलाई कालो मोसो लगाउने विद्यार्थी ६० दिनका लागि निष्कासित

370
0
Share:

चितवन । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले प्राध्यापक माथि कालोमोसो र जुत्ताको माला लगाउने ६ जना विद्यार्थीलाई निष्कासन गरेको छ ।

विश्वविद्यालय कार्यकारी परिषद्को बैंठकले कृषि संकायका सहायक डिन प्रा. विष्णुराज ओझा माथि कालोमोसो र जुत्ताको माला लगाउने संकाय छैटौं समेष्टरका विद्यार्थीलाई ६० दिनका लागि निष्कासन गर्ने निर्णय गरेको हो ।

निष्कासनमा पर्ने विद्यार्थीमा सन्तोष खतिवडा, गोपाल थापा, बामदेव रेग्मी, मिलन चौहान, विभोर गौली र सुशन पौडेल रहेका छन् ।

यी विद्यार्थीहरुको समूहले गत चैत २१ गते विश्वविद्यालयका सहायक डिन ओझामाथि ४ दिनमा नै कोर्ष सिध्याएको, प्रयोगात्मक कक्षामा डेढ सय जना विद्यार्थी राखेको, राजनीतिक आस्थाका आधारमा अंक दिने गरेको आरोप लगाउँदै कालोमोसो र जुत्ताको माला लगाएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: