
काठमाडौं, ३१ भदौ / नेपाल राष्ट्र बैंकले बुधवारदेखि नयाँ नोट बजारमा ल्याएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली र सातवटा जिल्ला कार्यलयबाट फुलपातीको दिनसम्म रु. ४० अर्बदेखि ४५ अर्ब रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने बताएको छ ।
बैंकले तोकेको विभाग तथा कार्यालयमा गएर पुराना नोटसँग नयाँ नोट साट्न सकिने बैंकले जनाएको छ । यस बर्ष ५,१० ,२०, ५० र १ सय दरका नोट वितरण गर्ने र दशैमा नयाँ नोट प्रयोग गर्दा अविर नलगाउन सर्वसाधारणलाई आग्रह समते गरेको छ ।
नयाँ नोट बढी फोहोर हुने भएकोले सकेसम्म अबिर तथा रंको प्रयोग नगरी नोट चलाउन आग्रह गरेको हो । पुराना नोट धुनका लागि ठूलो रकम खर्च गर्नुपर्ने भएकोले यस्तो आग्रह गर्नुपरेको बैंकले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्

