विद्यार्थी आन्दोलनका कारण पोखरा विश्वविद्यालयको परीक्षा स्थगित

Share:

पोखरा । विद्यार्थी आन्दोलनका कारण शुक्रबारदेखि हुनुपर्ने पोखरा विश्वविद्यालयको परिक्षा स्थगित भएको छ ।

व्यवस्थापन संकायको स्नातकमा ‘डी प्लस’ ल्याएका विद्यार्थीको रजिस्ट्रेसन रोक्नुपर्ने माग गर्दै विद्यार्थीले विश्वविद्यालयको पोखराको ढुंगेपाटनमा रहेको केन्द्रिय कार्यालयमा ताला लगाएपछि परीक्षा हुन नसकेको हो ।

विश्वविद्यालयको केन्द्रिय कार्यालयमा तीनवटा विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन्।

विश्वविद्यालयले चालू शैक्षिक सत्रमा तीनपल्ट परीक्षा मिति हेरफेर गरिसकेको छ ।

गएको फागुन ३० गते ,चैत १५ हुँदै पछिल्लोपटक शुक्रबारका लागि तोकिएको मितिमा परीक्षा हुन नसकेको हो।

कमेन्ट गर्नुहोस्
Share: