
पोखरा। बजाज मोटरसाइकलको पोखरा क्षेत्रको आधिकारिक बिक्रेता इच्छाशक्ती अटोमोवाईल्स प्रालिले ‘बजाज उल्टो अफर’ ल्याएको छ।
यो अफरमा बाइक किन्नुभन्दा अगाडि १ लाख रुपैयाँ र किनिसकेपछि १ लाख रुपैयाँसम्म जित्न सक्ने अफर छ। “किने पछि जित्ने होइन जिते पछि किन्ने” नारा सहित योजना शुरु गरेको हो ।
अफर वैशाख ९ गतेदेखि १३ गतेसम्म पोखरा सभागृहमा चल्ने बजाजको पोखरा क्षेत्रको आधिकारिक बिक्रेता इच्छाशक्ती अटोमोवाईल्स प्रालिले शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो।
उल्टो अफर योजनाअन्तर्गत ग्राहकहरुले मोटरसाइकल किन्नु अगाडि नै एडभान्समै एक लाखसम्मको नगद जित्न सक्छन् भने खरिद गरेपछि पनि एक लाखसम्म नगद जित्न सक्छन् ।
याे योजनाअन्तर्गत ग्राहकहरुलाई मोटरसाइकल किन्नु भन्दा अगाडि नै स्क्रयाच कार्ड प्रदान गरिनेछ जसमार्फत उनीहरुले सियोर सट डिस्काउन्ट थाहा पाउन सक्नेछन्, साथै उनीहरुले बजाजको जुनसुकै मोटरसाइकलको खरिद पश्चिात फेरि छुट पाउने छन् ।
बजाजले महा उत्सव र महा एक्सचेन्ज मेला पनि ल्याएको छ । जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्न सकिने म्यानेजर भगवान विजुक्छेले जानकारी दिए ।
जस्तोसुकै पुरानो मोटरसाइकल भएपनि न्युनतम मुल्याङकन ३० हजार रुपैयाँ रहेको उनले बताए ।
