
लेखनाथ, २ असोज | छात्रावासकी एक दृष्टिविहीन किशोरीलाई जवरजस्ती करणी गरको आरोपमा प्रहरीले एकिकृत दृष्टिबिहिन छात्रावास भण्डारढीकका इन्चार्ज ४७ वर्षीय दृष्टिबिहीन शिक्षक दण्डपाणि ढकाललाई प्रहरीले पक्राउ गरको छ ।
लेखनाथको जनप्रकाश उच्च माविको हाताभित्र रहेको उक्त होस्टेलको अथिति कक्षमा ढकालले भदौ १९ गते उनले किशोरीको मुख थुनेर जवरजस्ती करणी गरको वयानबाट खुल्न आएको छ ।
उजुरी परपछि ढकाललाई प्रहरीले मंगलबार पक्राउ गरकोे हो। एघार कक्षामा अध्ययनरत ती किशोरीलाई उनले पटक पटक संवेदनशील अङ्गमा हात लाने गरकोे पीडित किशोरीले जानकारी दिएकी छन्। दण्डपाणि ढकाललाई जवरजस्ती करणीको मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको हो।
ती किशोरीले ढकालबाट आफू जवरजस्ती करणीमा परको केही दिन कसैलाई भन्न सकेकी थिइनन् र मंगलबार विद्यालयकी एक दिदीलाई भनेपछि प्रहरीमा उजुरी हाल्नु पर्छ भनेपछि उनले उजुरी दिएकी हुन्। पूर्ण छात्रवृत्ति र आर्थिक सहयोगसमेत गर्छु भन्दै ढकालले ती किशोरीलाई पटक पटक मानशिक तनावसमेत दिँदै आएको पीडित किशोरीले बताएकी छन्।

