सरस्वती प्रतीक्षाको ‘नथिया’ माथि अदालतको यस्तो निर्णय

Share:

काठमाडौं । सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’, विवेक ओझाको उपन्यास ‘ऐलानी’ र दीपक वलीको फिल्म ‘पण्डित बाजेको लौरी’ माथि सर्वोच्च अदालतमा परेको मुद्धाको फैसला भएको छ । उपन्यास र फिल्मले वादी समुदायको आत्मसम्मानमा ठेस र्पुयाएको भन्दै यस समुदायका केही ब्यक्तिले गत वर्षको भदौ ३० मा सर्वोच्चमा मुद्धा हालेका थिए।

सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले जारी गरेको आदेशको बुँदा–३३ मा भनिएको छ, ‘साहित्य सर्जकले प्रयोग गरेको शब्द, भाषा र शैलीलाई खास सामाजिक सन्दर्भमा हेरी मुल्यांकन गरिनु पर्दछ। त्यसैले अन्यथा खराब मनसाय नभएको अवस्था र प्रचलित कानुनले निषेध नगरेको कुरामा कुनै साहित्यकार वा सर्जकलाई उत्तरदायी ठहराउनु उचित र विकेकपूर्ण ठानिदैन।’

यो बुँदालाई लिएर ‘नथिया’ की लेखिका सरस्वती प्रतीक्षाले आफ्नो जित भएको बताएकी छन्। सामाजिक सञ्जालमा उनी भन्छिन्, ‘लेखकीय स्वतन्त्रताको सम्मान गर्दै अदालतको जुन फैसला आएको छ, त्यसका लागि सम्म्माननीय सर्वोच्च अदालतप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।’

वादी समुदायको तर्फबाट अगुवाहरू मीना नेपाली, केशव वादी, गोपाल वादी, रञ्जिता नेपाली र निर्मल वादीले मुद्धा दायर गरेका थिए।

सम्बन्धित समाचारः

उपन्यासकार सरस्वती प्रतिक्षाविरुद्ध प्रहरीमा उजुरी

कमेन्ट गर्नुहोस्
Share: