कोकाकोला खुशि बाँडौ योजना बिग एफएममा

Share:

रेम बिक  पोखरा, २ असोज । विश्वप्रसिद्ध पेय पदार्थ कोकाकोलाले नेपालीहरुको महान चाड दशैँ सर्वसाधारणहरुसंग मनाउने योजना ल्याएको छ । बिग एफएमसँगको सहकार्यमा पश्चिमाञ्चल क्षेत्रका जनतासँग दशैँको उल्लास मनाउन ‘दशैँको खुशियाली कोकाकोलासँग बाँड्नुहोस्’ योजना उसले शुरु गरेको हो ।

यो योजना अन्तरगत कोकाकोलाले विग एफएममा हुने एक विशेष कार्यक्रममा सहभागिता जनाउने स्रोताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्नेछ । ‘विग एफएममा एसएमएस पठाएर स्रोताहरुले कोकाकोलासँग आफ्नो दशैँको खुशियाली साट्न सक्नेछन् ।’ विग एफएमका मार्केटिङ को–अर्डिनेटर उदिपराज ढुंगानाले भने–‘र, दशैँको अवसरमा कोकाकोलाको गिफ्ट ह्याम्पर आफ्ना आफन्तजनहरुलाई दिन सक्नेछन् ।’ गिफ्ट ह्याम्पर कोकाकोला कम्पनीकै प्रतिनीधिहरुले घर घरमा पु¥याईदिने व्यवस्था रहेको उनले जानकारी दिए ।

Coca-Cola-Dashain-2

विग एफएममा हरेक दिन साँझ ८ बजे हुने कार्यक्रममार्फत १५ जना विजेता छानिनेछन् । एसएमएस पठाउनका लागि स्रोताहरुले द्यक्ष्न् एउटा स्पेस दिएर ँः टाईप गरि दशैँको शुभकामना सन्देश, प्रियजनको नाम, ठेगाना र मोबाईल नम्बर सहित ४३२१ मा पठाउनुपर्नेछ । खुशि बाँडे शुशि बढ्छ भन्ने थिममा कोकाकोलाले यस्तो खालको योजना ल्याएको हो । विग एफएममा असोज १ गतेदेखि शुरु भएको यो कार्यक्रम एक हप्ता सम्म चल्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: