
काठमाडौं, असोज – प्रधानमन्त्री भएको केहि महिना पछि सुशील कोइरालाले बालुवाटारमा पत्रकारहरुसंग आफ्नै मन्त्रीमण्डलको हाइफाइले दिक्क भएको प्रतिक्रिया दिएका थिए । हुन पनि कोइराला नेतृत्वको मन्त्रीमण्डलले जनस्तरमा वावाहि कहिल्यै पाएन । उनको मन्त्रीमण्डलका एउटै पात्र त्यस्ता देखिएनन् जसका कारण कोइराला सरकारको हाईहाइ भएको होस् । आर्थिक चलखेल, तथा अपारदर्शिताका कारण उनको मन्त्रीमण्डल जनस्तरबाट मात्रै होइन आफ्नै पार्टी भित्रबाट समेत उल्टै शंकाको घेरा भित्र रहिरहे ।
मन्त्रीहरुले गरेको मनोमानीका कारण सत्तारुढ एमालेले त मन्त्री सट्टापट्टा गरिसकेको छ । एमाले सट्टापट्टाको चर्चा सेलाउन नपाउदै काँग्रेस सभापति कोइरालाले आफ्नो पार्टी भित्रका केहि जिम्मेवार मन्त्रीलाई अमेरीका प्रस्थान गर्नु अघि नै फर्न लागेका छन् । उनी यतिबेला अर्थमन्त्री रामशरण महत, सञ्चार मन्त्री मिनेन्द्र रिजाल, सहरी विकास मन्त्री नारायण खड्का, शिक्षा मन्त्री चित्रलेखा यादवलाई हटाउने निर्णयमा पुगे । आखिर मन्त्रीहरुले के कसूर गरे त ?
रामशरण महत, अर्थ
प्रधानमन्त्री कोइराला केही ठूला राष्ट्रिय तथा अन्तराष्ट्रिय योजना आफु नेतृत्वकै सरकारले पूरा गरेको देख्न चहान्छन् । केही गौरवका आयोजना आफै शिलान्यास गर्न चाहन्थे तर त्यसमा महत बाधक बनेर उभिए पछि कोइराला रुष्ट बनेको प्रधानमन्त्री निकट स्रोत बताउँछ । पोखरा अन्तराष्ट्रिय विनास्थल निर्माणका लागि चाइनिज एलएमसी इन्जीनरिङ कम्पनिसंग करिब २३ अर्ब बराबरको ठेक्का संझौता भइसकेको थियो । पर्यटन मन्त्रालयले एक्जीम बैंकसंग ऋण संझौताको लागि फाइल अर्थमा पठायो तर अर्थले टेरेन जसका कारण अन्तराष्ट्रिय छवि बनाएको आयोजना अन्यौलमा पर्यो । पञ्चायतमा विश्व बैंकका जागिरे महतले एक्जीम बैंकको संझौता रोके । मन्त्रालयकै बैदेशिक ऋण विभागका उपसचिव लाल बहादुर खत्री र सहसचिव मधु मरासैनी महतका सल्हाकारको भूमिकामा छन् उनीहरुले नै महतलाई संझौता नगर्न दबाब दिने गरेको मन्त्रालय स्रोत बताउछ । स्रोतका अनुसार संझौता महत रोक्न करोडौंको आर्थिक चलखेल गरेको प्रधानमन्त्रीले थाहा पाएपछि कोइराला रुष्ट बनेका थिए । त्यसोत भारतसंग त्यति राम्रो सम्बन्ध नभएका प्रमका रुपमा कोइरालालाई बुझीन्छ । तर महतले २ हप्ता अघि मात्रै विश्व बैंकसंग संझौता गर्ने र चाइनीज कम्पनिलाई खारेजी गर्न भन्दै केहि भारतीयहरुसँग भेटेको काँग्रेस निकट स्रोतको दाबि छ ।
मिनेन्द्र रिजाल, सञ्चार
गत साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा प्रम कोइरालालाई कुटनितिक मर्यादा विपरित तानेर विवादीत बनेका सञ्चार मन्त्री रिजाल देखि प्रम कोइराला त्यतिबेला देखि नै रुष्ट बनेका थिए । विश्वले ध्यान खिचिरहेको त्यतिबेला उनले त्यो हर्कत गर्दा जनस्तरबाटै चर्को विरोधको सामना गर्नु परेको थियो । रिजाल देखि अधिकांश पत्रकार आक्रोशित बन्नु नौलो होइन तर उनकै दलको भातृसंगठन नेपाल प्रेस यूनियन समेत रुष्ट बनेको थियो ।
मन्त्री बन्ने दौडधूपमा को–को ?
मन्त्री मण्डल पुनर्गठन हुने भएपछि मन्त्री बन्ने दौडधूपमा काँग्रेस नेताहरु यतिबेला बालुवाटारमा ताँती लागेको बताइएको छ । प्रम कोइरालाले आफ्नै पार्टी भित्रका फरक गूटका नेताहरुलाई मन्त्री बन्नको लागि अफर गरिरहेका छन् । प्रधानमन्त्री बालुवाटार स्रोतका अनुसार कोइरालाले नेता अर्जुन नरसिंह केसिलाई मन्त्रीको लागि अफर गरेका थिए । तर केसिले नजान्ने गाउँको बाटै नसोध्नु भन्दै हकारेको बताइएको छ । त्यस्तै गरि कोइरालाका किचेन क्याविनेटका नेताहरु आनन्द ढुङ्गाना दिलेन्द्र बढु मन्त्री बन्ने दौडधूपमाछन । दिलेन्द्र बढुले सञ्चार मन्त्रालयको लागि दौडधूप गरेको बताइन्छ ।
सुदीप विश्वकर्मा, Ratopati.com

