आइपिएल प्ले अफ : मुम्बई क्वालिफायरमा, सन्दिपको दिल्लीले एलिमिनेटर खेल्ने

Share:

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफ समीकरण पुरा भएको छ ।

आईतबार राती सम्पन्न खेलमा कोलकता नाइट राइडर्सलाई ९ विकेटले पराजित गरेपछि शीर्ष स्थानमा रहँदै मुम्बई क्वालिफायरमा प्रवेश गर्न सफल भएको छ ।

मुम्बईले क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग मंगलबार खेल्ने छ । मुम्बई विजयी भएसँगै सन्दीप लामिछाने सम्मिलित दिल्ली भने तेस्रो स्थानमा झरेको छ । यो सँगै दिल्लीले बुधबार एलिमिनिटर खेल सनराइजर्स हैदरावादसँग खेल्ने छ ।

समान १२ अंक भएपछि नेट रन रेटमा कोलकतालाई पछि पार्दै हैदरावाद प्ले अफमा पुगेको छ । हैदरावाद दिल्लीसँग एलिमिनिटर खेल्ने छ । एलिमिनिटरको विजेताले चेन्नई र मुम्बईसँगको खेलमा पराजित हुने टोलीसँग फाईनलको लागि प्रतिस्पर्धा गर्ने छ ।

कमेन्ट गर्नुहोस्
Share: