पोखरामा १८ महिने बालकलाई चिर्पटले हानेर घाइते बनाउने २५ बर्षीया लक्ष्मी पक्राउ

Share:

पोखरा । पोखरामा १८ महिने बालकमाथि चिर्पटले हानेर घाइते बनाएकी २५ बर्षीया महिला पक्राउ परेकी छिन् ।

महानगरपालिका वडा नम्बर ९ महेन्द्रपुलमा १८ महिने बालकमाथि कुटपिट गर्ने २५ बर्षीया लक्ष्मी राईलाई मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।

लक्ष्मी मकवानपुर घर भई महेन्द्रपुलमा बस्दै आएकी सिता राईको १८ महिने छोरा उज्वललाई दाउराको चिर्पटले हिर्काएर घाइते बनाएकी छिन् ।
कुटपिटबाट घाइते भएका उज्वलको उपचारको लागि मणिपाल अस्पताल पठाईएको प्रहरीले जनाएको छ । प्रहरीले लक्ष्मीलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: