
काठमाडौं । चमत्कारपूर्ण प्रदर्शन गरेपछि इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ फाइनलमा पुगेको छ ।
दोस्रो लेगमा स्पेनिस क्लब बार्सिलोनालाई ४–० ले हराएपछि लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्न सफल भयो ।
पहिलो लेगमा ३–० ले पराजित लिभरपुलले घरेलु मैदानमा बार्सिलोनामाथि ४–० को जित निकाल्दै समग्रमा ४–३ गोलअन्तरमा अन्तिम दुईको यात्रा तय गरेको हो ।
डिभोक ओरिगी र परिवर्तित खेलाडी वाइनाल्डमले २÷२ गोल गरेपछि लिभरपुलले अविश्वसनिय जित हाँसिल गरेको हो । ओरिगीले सातौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको सुरुमै वाइनाल्डम एन्ड्रियु रोबर्टसनको स्थानमा मैदान प्रवेश गरेका थिए । उनले ५४ औं मिनेटमा गोल एलेजेन्डर आर्नोल्डको लो क्रसमा गोल गरेका थिए ।
त्यसको दुई मिनेटपछि जेर्डान साकिरीको क्रसमा वाइनाल्डमले हेडमार्फत टोलीका लागि तेस्रो गोल गरेका थिए ।
खेल सकिन ११ मिनेट बाँकी रहँदा ओरिगीले कर्नरबाट आएको बललाई गोलमा परिणत गरेका थिए । ट्रेन्ट अलेकजेन्डर अर्नोल्डले कर्नरमा दिएको चलाखीपूर्ण बलमा ओगिरीले गोल गरेपछि समग्रमा लिभरपुलले अग्रता लिएको थियो ।
लिभरपुल स्टार खेलाडी मोहम्मद सलाह र रोबर्टाे फिर्मिनो बिनै मैदान उत्रिएपनि उनीहरुको अभाव हुन दिएन ।
लिभपुरलले आयक्स र टोटेनहमको आज राति हुने दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ ।
