एएफसी यु–१६ छनोटमा नेपाल कठिन समूहमा

Share:

काठमाडौं । सन् २०२० मा हुने एएफसी यु–१६ च्याम्पियनसिप खेल्ने एएफसी यु–१६ क्वालिफायरको खेल तालिका सार्वजनिक भएको छ ।

बिहीबार एसिया फुटबल महासंघ (एएफसी) ले छनोट खेल्ने ४७ देशको खेल तालिका सार्वजनिक गरेको हो ।

एएफसीले छनोट खेल्ने ४७ टिममध्ये २५ टिमलाई पश्चिमी क्षेत्रमा र २२ टोलीलाई पूर्वी क्षेत्रीय भनी दुई क्षेत्रमा विभाजन गरेको छ ।

सार्वजनिक खेल तालिकामा पश्चिम क्षेत्रीय टोली नेपाल समूह ‘ए’ मा परेको छ । समूह ए मा नेपालसँगै ताजकिस्तान, जोर्डन, श्रीलंका र कुवेत रहेका छन् । नेपाली टोलीमा नेपालभन्दा बलियो टोलीहरु रहेका छन् ।

 नेपालसमिलत समूह ए का खेल जोर्डनमा आयोजना हुनेछन् ।

कमेन्ट गर्नुहोस्
Share: