जेठ ८ गतेदेखि पोखराबाट भारतको देहरादुनसम्म सिधै बसमा जान पाईने

Share:

पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक समिति पोखराले आगामि जेठ ८ गतबाट पोखरादेखि भारतको देहरादुनसम्म यातायत सेवा सञ्चालन गर्ने भएको छ । समितिले जेठ ८ गतेबाट हप्ताको एक पटक पोखराबाट देहरादुनसम्म बस सञ्चालनमा ल्याउन लागेको जनाएको हो ।

हरेक हप्ताको बुधबार बिहान ११ः३० मिनेटमा पोखराबाट देहरादुनसम्म छुट्ने बसको टिकट शुल्क प्रति ब्यक्ति भारु दुई हजार ७ सय रुपैँया लाग्ने पृथ्वीराजमार्ग बस संचालक समितिका अध्यक्ष एनकुमार साईले जानकारी दिए । उनका अनुसार मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले हरेक हप्तको बुधबार पोखराबाट भारतको देहरादुन पुगेर त्यहाँबाट शनिबार फर्कने छ ।

भारतको नयाँदेल्ही पोखरा बस सेवा दिदै आएको मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले दिल्लि बस सेवा गरेको १२ बर्ष पछि देहरादुन बस सेवा शुरु गर्ने लागेको मोर्डन एरा टुर्स एण्ड ट्राभल्सका सञ्चालक केशब अधिकारीले बताए ।

भारतमा गएर पढ्दै गरेका नेपाली विद्यार्थी, व्यवसायी, विरामी तथा पर्यटकहरुलाई यातायत सेवा सुरु भएपछि सहज हुने समितिले जनाएको छ । पोखराबाट हिँडेको बस नारायणगढ बुटबल, महेन्द्रनगर, बनबास, रुद्रपुर, हरिद्धारा ऋषिकेश हुँदै देहरादुनसम्म जाने छ ।

कमेन्ट गर्नुहोस्
Share: