शिक्षित पनि अशिक्षितजस्तै लाग्न थाल्यो: प्रधानमन्त्री ओली

Share:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अव्यावहारिक शिक्षाका कारण शिक्षित वर्ग पनि आफूलाई अशिक्षितजस्तै लाग्न थालेको बताएका छन् ।

बिहीबार ‘हिसान’ले काठमाडौंमा गरेको कार्यक्रममा उनले अव्यावहारिक शिक्षाका कारण शिक्षित जमातले पनि अशिक्षितजस्तो व्यवहार देखाउने गरेको बताए । प्रधानमन्त्री ओलीले शिक्षालाई व्यापारिक नभइ सेवाको भावबाट हेर्न सुझाव दिए ।

उनले सार्वजनिक शिक्षालाई सशक्त बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै सार्वजनिक र निजी क्षेत्रको सहकार्यमा जोड दिए ।

प्रधानमन्त्री ओलीले सामुदायिक शिक्षाको गुणस्तर बढाउने सरकारको नीति रहेकोसमेत प्रस्ट पारे । उनले सर्वसुलभ शिक्षा अहिलेको आवश्यकता रहेकाले शिक्षामा मनपरी नचल्ने बताए ।

कमेन्ट गर्नुहोस्
Share: