डोजरले खनेको खाल्टोमा डुबेर बालककाे मृत्यु

855
0
Share:

सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिका–७ बाह्रबिसेमा डुबेर सात वर्षीय बालक मनिष श्रेष्ठको मृत्यु भएको छ ।मरिणखोलामा पौडी खेल्ने क्रममा खोलामा खनेको खाल्डोमा परी श्रेष्ठको मृत्यु भएको हाे ।

मरिणखोलामा कालिका कन्स्ट्रक्सनले नियमविपरीत खाल्डो खनी कच्चा पदार्थ उत्खनन गरी खाल्डा नपुर्दा बिहीबार बालकको ज्यान गएको इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले जानकारी दिए ।

कालिका कन्स्ट्रक्सनका छत्रेबहादुर अर्यालले कन्स्ट्रक्सनको डोजरले मरिणखोलामा खनेका जोखिमयुक्त खाडल तत्काल पुर्ने प्रतिबद्धता जनाए पनि त्यसअनुरुप नगरेको उनको भनाइ छ ।

नियमविपरीत डोजरले मरिणखोलामा खाडल खन्दा जोखिम भएको भन्दै रोके पनि अटेर गर्दा यसअघि पनि हरिहरपुरगढी गाउँपालिका निवासी एक वृद्धको खाडलमा डुबेर मृत्यु भएको  िथयाे ।

कमेन्ट गर्नुहोस्
Share: