नापी सर्वेक्षक साढे १ लाख घुससहित पक्राउ

654
0
Share:

काठमाडौं । नापी कार्यालय साँखु,काठमाडौंका सर्वेक्षक र एकजना लेखापढी व्यवसायीलाई अख्तियारको टोलीले घुससहित नियन्त्रणमा लिएको छ ।

नापी सर्वेक्षक श्यामकृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीलाई एक लाख ५० हजार घुससहित  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  पक्राउ गरेकाे हाे ।

जग्गा हालसाविक गर्ने प्रयोजनका लागि घुस मागेको सूचनाका आधारमा अख्तियारको कार्यालय टंगालबाट खटिएको टोलीले दुबैजनालाई कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको अख्तियारले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: