दार्चुलामा वृद्धाको हत्या

362
0
Share:

दार्चुला : महाकाली नगरपालिका–३ काटै रामलाडीमा पसल सञ्चालन गरेर बसेकी एक वृद्धाको हत्या गरिएको छ।  पसल सञ्चालन गरेर बसेकी ७० वर्षीया द्रोपती महराको शनिबार राति हत्या भएको हो।

उनका श्रीमान् ७५ वर्षीय वीरभान महरा र नाति १२ वर्षीय लोकेन्द्र महरा गम्भीर घाइते अवस्थामा भेटिएका छन्। सडक किनारामा वर्षौदेखि पसल सञ्चालन गर्दै आएका महरा परिवारको सबैको हत्या गर्ने उद्देश्यअनुरुप घटना भएको देखिएको महाकाली नगरपालिका –३ का वडाध्यक्ष पदमसिंह महराले जानकारी दिए।

खोला किनार नजिकै पसलमा कुटपिट गरी हत्या गरिएको छ। गाउँभन्दा टाढा पसल भएका कारण राति भएको घटना बिहान ८ बजे मात्रै जानकारीमा आएको हो।

घटना कसले र किन गरायो भन्ने केही खुलेको छैन। घटनामा नाति भागेर बाँच्न सफल भएका छन्। वीरभानको टाउको, अनुहार र शरीरमा चोट छ। उनकी श्रीमतीको घटनास्थलमै मृत्यु भएको आफन्तले जनाएका छन्।

बिहान गाउँबाट मान्छे आउँदा वीरभान गम्भीर घाइते र श्रीमती मृतावस्थामा देखिएपछि प्रहरीलाई खबर गरेका थिए। घाइते वीरभान लोकेन्द्रलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदैछ।

कमेन्ट गर्नुहोस्
Share: