भ्यालेन्सिया बन्यो कोपा डेल रेको च्याम्पियन

Share:

एजेन्सी|स्पेनिस कोपा डेल रेको उपाधि भ्यालेन्सियाले जितेको छ। फाइन्लमा बार्सिलोनालाई २–१ ले हराउँदै भ्यालेन्सियाले उपाधि उचालेको हो।

पराजयसँगै सिजनको दोस्रो उपाधि जित्ने बार्सिलोनाको सपना अधुरै रह्यो। भ्यालेन्सियाले खेलको २१ औ मिनेटमा केभिन गेमिरोको गोलबाट अग्रता लिएको थियो।

३३ औ मिनेटमा रोड्रिगोले गोल गर्दै भ्यालेन्सियाको अग्रतालाई दोब्बर बनाएका थिए। ७३ औ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने कोशिश गरेपनि त्यो पर्याप्त रहन सकेन।

च्याम्पियन्स लिगमा लिभरपुलसँग पराजित हुदै बाहिरिएको बार्सिलोना कोपा डेल रेमा पनि हार ब्यहाेर्‍याे।

कमेन्ट गर्नुहोस्
Share: