
ईन्चोन, ५ असोज / दक्षिण कोरियाको इन्चोनमा जारी एसियाली खेलकुद अन्तरगत फुटबलमा नेपाल जापानसँग पराजित भएको छ ।
आइतबार भएको समूह चरणका अन्तिम खेलमा नेपाल डिफेण्डिङ च्याम्पियन जापानसँग ४-० ले पराजित भएको हो । हारसँगै नेपालले इन्चोनमा सबै खेल मात्र गुमाएन, एक गोल पनि नगरी फर्किएको छ ।
पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो होफमा तीन गोल खाएको थियो । नेपाल पहिलो खेलमा इराकसँग ४–० ले नै तथा दोश्रो खेलमा कुवेतसँग ५–० ले पराजित भएको थियो । यो प्रतियोगितामा निक्कै नै फितलो प्रदर्शन गरेको नेपालले ३ खेलमा १३ गोल खायो भए एउटा गोल पनि फर्काउन सकेन ।
नेपाल रहेको समूह डीबाट इराक र जापान अघिल्लो चरणमा पुगेका छन् । एशियाली खेलकुदमा २३ वर्ष मुनिको फुटबल टोलीले प्रतिस्पर्धा गर्ने नियम छ ।
