
पोखरा । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष ७६/७७ को लागि ३४ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । जुन चालु आर्थिक वर्ष ०७५-७६ को भन्दा १० अर्बले बढी हो ।
सरकारले चालु आर्थिक वर्षमा २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट ल्याएको थियो । खर्च संरचनाको आधारमा आगामी वर्षको बजेट ३४ अर्ब १९ करोड ३५ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।
यस्तै चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आयलाई ११ सय ५० डलर पुर्याउने लक्ष्य राखिएको छ । चालु आर्थिक वर्ष सकिन अब डेढ महिना मात्र बाँकी छ । प्रदेशको हालको प्रतिव्यक्ति आय एक हजार ३१ अमेरिकी डलर छ ।
कमेन्ट गर्नुहोस्
