विप्लवको नेपाल बन्द: पोखरामा सार्वजनिक सवारी ठप्प

Share:

पोखरा । नेत्रविक्रम चन्द (विप्लव) समूहद्वारा आह्वान गरिएको नेपाल बन्दको प्रभाव पोखरामा पनि परेको छ । सार्वजनिक यातायातका सवारीसाधन बिहानैदेखि गुडेका छैनन् र शैक्षिक संस्थामा पनि बन्द रहेका छन्। बजारमा चियापसल खुला छन् भने अन्य व्यापारिक पसल बन्द छन् । दुई पाङ्ग्रे सवारी भने चलिरहेका छन् ।

यसैबीच, पोखराको विभिन्न तीन ठाउँमा आज बिहान शंकास्पद वस्तु भेटिएको छ । सिर्जनाचोकको एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शंकास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

ती शंकास्पद वस्तु राखिएको क्षेत्रलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएको छ । कास्कीमा अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन । यसअघि गत वैशाख ५ गते पोखराको नदीपुरस्थित प्रदेशसभा भवन गेट अगाडि सडकमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एक नायक घाइते भएका थिए।

कमेन्ट गर्नुहोस्
Share: