
तनहुँ । तनहुँको दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ । पृथ्वीराजमार्गमा पर्ने बन्दीपुर १ नाहला र व्यास नगरपालिकको मुसीखोला भन्ने स्थानमा शंकास्पद वस्तु फेला परेको हो ।
नाहला राखिएको शंकास्पद वस्तु भने नेपाली सेनाको टोलीले डिस्पोज गरेको प्रहरी उपरीक्षक विनोद सिलवालले बताए । नेपाली सेनाको टोलीले मुसीखोलामा राखिएको शंकास्पद वस्तु डिस्पोज गर्ने तयारी गरिरहेको छ ।
यसैगरी महोत्तरीको बर्दिवास नगरपालिकाको मुल गेटमा शंकास्पद वस्तु फेला परेको छ ।
File Photo
कमेन्ट गर्नुहोस्
