
आज मिति २०७६ जेष्ठ १५ गतेको राशिफल
मेष : दिन प्रतिकूल खालको रहनेछ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुनेछ । खर्चको मात्रा बढ्न सक्छ । धैर्य गर्नु बुद्धिमानी हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । मुद्दा मामिला आइलाग्नेछ ।
वृष : दिन अनुकूल खालको रहनेछ । लाभदायक काम बन्ने देखिन्छ । सहयोग पनि पाइनेछ मन प्रसन्न हुनेछ । प्रेमीको सहयोग मिल्नेछ ।
मिथुन : दिन उत्तम खालको रहनेछ । मानोन्नतिका लागि महत्त्वपूर्ण अवसर मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । जोश, बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।
कर्कट : दिन मध्यम रहनेछ । कडा प्रतिस्पर्धामा सफलता मिल्नेछ । शरीर अस्वस्थ हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
सिंह : दिन प्रतिकूल रहनेछ । शरीरमा सामान्य चोटपटक लाग्न सक्नेछ । यातायातको साधनमा सावधानीको खाँचो रहनेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । वैदेशिक क्षेत्र कमजोर रहला । पढाइमा बाधा आउनेछ ।
कन्या : दिन अत्युत्तम रहनेछ । पारिवारिक सहयोग मिल्नेछ । पारवहन सम्बन्धी काम बन्नेछ । प्रियजन भेटिनेछन् । मनोरञ्जन गरिनेछ । बैदेशिक कार्य अघि बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।
तुला : दिन उत्तम रहनेछ । सरकारी सेवाबाट लाभ मिल्नेछ । नियमित कामबाट मनोबल बढ्नेछ । शत्रु परास्त हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ ।
वृश्चिक : दिन मध्यम रहनेछ । व्यक्तित्व विकास व्यवधान आउन सक्छ । निर्णय क्षमता कमजोर हुनेछ । मुख्य काममा हात नराख्नु नै बेस हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।
धनु : दिन प्रतिकूल रहनेछ । काममा ढिलाइ हुनेछ । व्यवहारिक कठिनाइ आइलाग्नेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ । अनावश्यक झमेलामा परिएला । विविध समस्या खेप्नु पर्नेछ ।
मकर : दिन उत्तम रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । यश, कीर्ति मिल्नेछ । अरूबाट सहयोग मिल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पाईनेछ ।
कुम्भ : दिन मध्यम रहनेछ । वाक्शक्ति र अर्थशक्ति कमी आउन सक्नेछ । स्वास्थ्यले पनि त्यति साथ दिएको छैन । धैर्य गर्नु बेस हुनेछ । तिथिको रूपमा सत्कार पाइएला । बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।
मीन : दिन भाग्योदयकारक रहनेछ । उच्चस्तरीय कार्यक्रम तय हुनेछ । आफन्तबाट सहयोग पाइनेछ । बौद्धिक कार्य हुनेछ । अचल सम्पत्ती हात पर्ने योग छ । शुभ समाचार सुन्न पाइएला ।
