आगलागीबाट पाँच लाख क्षति

283
0
Share:

दाङ : शान्तिनगर गाउँपालिका–६ सुन्डबरीका प्रेम बहादुर कुँवरको घरमा आगलागी हुँदा करिब पाँच लाख बराबरको क्षति भएको छ। मंगलबार दिउँसो ३ बजेतिर आगलागी भएको वडाध्यक्ष रवी बुढाथोकीले जानकारी दिए। उनका अनुसार आगलागीबाट एउटा घर र गोठ पूर्ण रुपमा जलेको छ। घरमा रहेका ४५ हजार रुपैयाँ नगद समेत जलेको बताइएको छ।

आगलागीको कारण खुल्न नसकेको गाउँपालिकाका प्रेस संयोजक निराश पाण्डेले बताए। यसैबिच गाउँपालिकाले आगलागीपीडित कुँवर परिवारलाई ५० किलो चामल र ५ लिटर तेल, ५ किलो दाल, ५ केजी नुन सहयोग गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: