राष्ट्रपति रनिङ शिल्डको उद्घाटनमा पुगेका मुख्यमन्त्रीलाई तर्साउन बम विस्फोट

341
0
Share:

कालिकोट : जिल्लाको पलाँता गाउँपालिका–९ मा राष्ट्रपति रनिङ शिल्डको उद्घाटनमा पुगेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई तर्साउन विप्लव नेतृत्वको समूहका कार्यक्रताले बम विष्फोट गरेका छन्।

कालिकोटमा गणतन्त्र दिवस, राष्ट्रपति रनिङ, महावै गाउँपालिका तिला आधारभूत विद्यालयलाई नमुना विद्यालय घोषणा कार्यक्रमका लागि गृह जिल्लामा आएका थिए। विप्लवका कार्यक्रताले मुख्यमन्त्रीले कार्यक्रम उद्घाटन सकेर हेलिकोप्टरबाट उड्नै लाग्दा धेरै टाढा विस्फोटको आवाज आएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए।

‘मुख्यमन्त्री कार्यक्रम सकेर हेलिकोप्टर चढेर उड्नै लाग्दा टाढा विस्फोटको आवाज आएको थियो’ उनले भने, ‘उहाँ अहिले महावै गाउँपालिकाको नमुना विद्यालय उद्घाटन कार्यक्रममा हुनुहुन्छ।’ मुख्यमन्त्रीका स्वकीय सचिव खेमबहादुर सिंहले विस्फोटका आवाज नसुनेको अहिले महावै रहेको बताए ।

कमेन्ट गर्नुहोस्
Share: