स्वास्थ्य क्षेत्रमा सरकारले छुट्यायो ६८ अर्ब ६८ करोड

281
0
Share:

काठमाडौं : सरकारले विपन्न नागरिक लागि दिँदै आएको ११ वटा कडा रोगहरूको उपचार सेवाको लागि आगामी वर्षका लागि २ अर्ब छुट्याएको छ। यस्तै सबै जिल्‍लाका जनतालाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउनका लागि स्वास्थ्य बिमाका लागि बिमा ६ अर्ब छुट्याएको छ। स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरूका लागि दिँदै आएको सुत्केरी भत्ताका लागि २ अर्ब २२ करोड छुट्याएको छ।

यस्तै, स्वास्थ्य स्वंसेविकालाई वार्षिक ३ हजार दिन १५ करोड , बाल तथा स्वास्थ्य पोषणको लागि ६ अर्ब, स्वास्थ्य स्वम्सेविकालाई दिइँदै आएको भत्ताको लागि वार्षिक ३ हजार दिन १५ करोड, प्रदेशसँग स्वास्‍थ्य साझेदारीमा कार्यक्रमको लागि १ अर्ब,सरकारले नेपालगञ्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल , जिपि कोइराला अस्पताललाई समेत बजेट छुट्याएको छ।

वीर अस्पतालको दुवकोटको भवन बनाउन आधुनिक भवन बनाउन ४० करोड , मानव अंग प्रत्यारोपण केन्द्रलाई समेत अनुदान छुट्याएको छ। यस्तै सरकारले तीन वर्षभित्र सबै प्रदेशमा अत्याधुनिक निदान केन्द्र बनाउने, प्राथमिक अस्प्तालमा टेलिमेडिसिन विधिबाट २४ घण्टा उपचार सेवा दिनको लागि स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा ६८ अर्ब ७५ करोड बजेट टुट्याएको छ।  अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि बजेट पेस गरेका छन्। बुधबार संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६र ७७ को सरकारको बजेट पेस गर्दै छन्।

कमेन्ट गर्नुहोस्
Share: