मोदीको मन्त्रीमण्डलमा जोगी बन्ने मान्छे, बने मन्त्री

Share:

एजेन्सी – साधारण जीवनशैली, सेतै फूलेको दारी र कपाल प्रताप सांरगीको विशेषता हो। भारतीय लोकसभाको चुनाव सकिँदा पनि उनको चर्चा सेलाएको छैन।

ओडिशाका मोदी उपनामबाट चर्चित विधानसभा सदस्य प्रताप सांरगी पनि पनि नरेन्द्र मोदीको मन्त्रिमण्डलमा समावेश हुने मौका मिलेको छ। प्रताप सांरगीलाई नरेन्‍द्र मोदीको विश्वास पात्रका रूपमा लिने गरिन्छ।  मोदी ओडिशा राज्यमा भ्रमण गर्दा प्रतापसँग मिल्ने गरेका थिए। यसैलाई आधार मान्ने हो भने उनी मोदीको मन्त्रिमण्डलमा समावेश हुने भाग्यमानी मन्त्रीको रूपमा लिइएको छ। सांरगी ओडिशा राज्यको निलगिरि विधानसभाका सांसद हुन्। सेतो दारी कपाल, साइकल उनको पहिचान हो। मन्त्री बन्नुअघि उनी ओडिशाको नीलगिरि विधानसभामा सन् २००४ र २००९ मा सांसद चुनिएका थिए। उनी २०१४ मा लोकसभा चुनावमा उठेका थिए। तर, विधानसभामा जस्तो लोकप्रियता देखिएन।

डिके रवीन्द्रकुमार जेनासँग १२९५६ भोटले हारेका थिए। विपन्‍न परिवारमा जन्मेका सांरगीको जन्म निलगिरिका गोपिनाथुपर भन्ने गाउँमा ४ जनवरी १९५५ जन्मेका थिए। स्थानिय फकिर मोहन कलेजबाट स्नातक सकेका थिए। उनी बाल्यकालमा जोगी बन्न चाहन्थे। उनी आध्यात्ममा विश्वास राख्दथे। उनी बाल्यकालमा धेरैपटक जोगी बन्न भारतको रामकृष्ण मठमा पुगेका थिए। मठमा सांरगीका बुबा बितेको हुनाले आमाको सेवा गर्न आग्रह गर्दै भर्ना अस्वीकार भएको थियो। उच्च शिक्षा पढेपछि उनी आफ्नो गाउँमै फर्किएर समाजसेवामा लागे। उनले बालसोर र मयुरभन्‍जमा आदिवासीहरूका लागि विद्यालय निर्माण गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: