
जनकपुरधाम । धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका ४ का २२ वर्षीय रहमत राइन रहेका छन् ।
अपरिचित नम्बरमा फोन गरेको भन्दै राइनले १७ जेठमा श्रीमतीको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।
अपरिचित नम्बरमा फोनमा कुरा गरेकै कारण धेरै पटक झगडा हुँदा समेत कुरा गर्न नछाडेकाले हत्या गरेको राइनले बयान दिएको प्रहरीले जनएको छ ।
कमेन्ट गर्नुहोस्
