तनहुँको मर्स्याङ्दी ड्याममा मृत भेटिए सेनाका हवल्दार

Share:

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्किचोकस्थित मर्स्याङ्दी नदीको ड्याममा सोमबार बिहान शव भेटिएको छ। उक्त शव गोरखाको पालुङटार नगरपालिका–७ च्याङ्लीका ईश्वर कुमालको रहेको प्रहरीले जनाएको छ।

तनहुँका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले अनुसन्धानको क्रममा कुमाल गोरखा ठिमुरेश्वारास्थित रणसिङ दल गणमा कार्यरत नेपाली सेनाका हवल्दार रहेको खुलेको जानकारी दिए । शवको पोष्टमार्टमका लागि दमौली अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: