होटेलमा आगलागी हुँदा २ लाखको क्षति

298
0
Share:

वीरगञ्‍ज। वीरगञ्‍ज महानगरपालिकाको एक होटेलमा आइतबार राति पौने १२ बजे आगलागी हुँदा २ लाख ११ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ।

वीरगञ्‍ज महानगरपालिका वडा-२१ परवानीपुर टोलमा भारत उत्तर प्रदेश घर भएका गुडु पराजुलीले सञ्‍चालन गरेको होटेलमा अचानक आगलागी हुँदा सामानहरु जलेर नष्ट भएको हाे ।

आगलागीमा परी जस्ताको छाना, बाँस, खरको टाटी भएको घर, ना १ प ५९५२ नम्बरको एक थान मोटरसाइकल, काठको घुम्ती, भाडा वर्तन, किराना सामानहरु जलेर नष्ट भएको  छ।

कमेन्ट गर्नुहोस्
Share: