कोरियामा खेलाडी सम्पर्कविहीन

Share:

आश्विन ८ । १७औं एसियाली खेलकुदको लागि दक्षिण कारिया पुगेका नेपालका एकजना खेलाडी सम्पर्कविहीन छन् । सेपाकताक्रोका खेलाडी अमन पोडे गएरातिबाट सम्पर्कविहीन भएका हुन् । उनी पूर्वनिर्धारित कार्यक्रमअनुसार आज बिहान काठमाडौं फर्कनुपर्ने थियो ।

मंगलबार दिनभरि नै सेपाकताक्रोका टिम व्यवस्थापक तथा अन्य खेलाडीहरु सँगसँगै घुमे पनि राति पोडे भागेको बताइएको छ । एसियाडमा नेपाली टोलीका ‘सेफ डे मिसन’ छिमी उर्केन गुरुङले यसबारे प्रहरीमा खबर गरिसकेको बताएपनि अहिलेसम्म उनको पत्तो लागेको छैन ।

koriaaaafinal

सेपाकताक्रोका सल्लाहकार एवं नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष सीताराम मास्केले भागेका खेलाडी खोजिदिन सोलस्थित नेपाली दूतावासमा खबर गरिसकेका छन् । जारी एसियाडको लागि नेपालबाट २ सय ४ जना खेलाडी दक्षिण कोरिया पुगेका छन् ।

यसैबीच, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले एसियाडमा खेलाडी भागेको पुष्टि भए सम्बन्धित खेल संघलाई एसियाडपछि कारबाही गर्ने बताएका छन् । हामीसँग कुरा गर्दै लामाले एसियाडका खेलाडी भागेको घटनाको जिम्मेवारी हाल दक्षिण कोरियामै रहेका युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान एवं पदाधिकारीहरु तथा टोलीका सेफ डे मिसनले लिनुपर्ने बताए ।

कुनैपनि खेलाडी भाग्नु राज्यको बेइज्जत हो भन्दै सदस्यसचिव लामाले एसियाडको समाप्तीसँगै यस विषयमा गम्भीर ढंगले छानविन र कारबाही अघि बढाउने बताए ।

कमेन्ट गर्नुहोस्
Share: